नुवाकोटमा गोरु जुधाइको रौनकता

नुवाकोट – नुवाकोटमा माघे सङ्क्रान्तिका अवसरमा गोरु जुधाइने क्षेत्र फैलँदै गएको छ । यो वर्ष नुवाकोटका विभिन्न ६ ठाउँमा गरी ५० हल गोरु जुधाइने तयारी भएको छ ।

गाउँमा विभिन्न ठाउँमा छरिएको गोरु जुधाइ परम्परालाई तारुकाले २०६२ सालबाट एकै थलोमा जुधाउन थालेपछि नुवाकोटमा गोरु जुधाइको रौनक छाएको छ । तारुकाले गरेको परम्पराको संरक्षणको सिको गर्दै आज माघे सङ्क्रान्तिका दिन नुवाकोटका ६ ठाउँमा गोरु जुधाइँदैछ ।

तारकेश्वर गाउँपालिकाको तारुका, विदुर नगरपालिकाको बेत्रावती, पञ्चकन्या गाउँपालिकाको घले भञ्ज्याङ, लिखु गाउँपालिकाको कट्टिछाप, तादी गाउँपालिकाको सातविसे र शिवपुरी गाउँपालिकाको शेराबगरमा गोरु जुधाइने भएको छ ।

तारुकामा २१ हल, बेत्रावतीमा ११ हल, घले भञ्ज्याङमा ८ हल, सातबिसेमा ४ हल, कट्टीछापमा २ हल र शेराबगरमा ४ हल गरी ५० हल गोरु जुधाउनको लागि स्थानीय मेला आयोजक समितिमा गोरु धनीहरुले गोरु दर्ता गराएको आयोजकहरुले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्