आज बेलुकीदेखि देशका विभिन्न ठाउँमा पानी र हिमपात हुने सतर्क रहन मौसमविद्को आग्रह

सांकेतिक तस्बिर

काठमाण्डौ – आज बेलुकीदेखि देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् ।

नेपाल प्रवेश गर्ने पश्चिमी निम्न चापीय प्रणालीको असरले बुधबार रातिदेखि विभिन्न ठाउँमा हिउँ र पानी पार्ने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसकै प्रभावले बुधबार राति पश्चिमका थोरै ठाउँमा पानी पर्नुका साथै उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको सम्भावना छ । बुधबार राति पश्चिममा पानी र हिमपात पार्ने प्रणाली मध्य हुँदै पूर्व सर्ने भएकाले बिहीबार दिउँसो काठमाण्डौसहित मध्य क्षेत्रमा पनि पानी पर्ने छ । साथै बिहीबार बेलुकीदेखि पूर्वमा पनि पानी र हिउँ पर्ने उहाँले जानकारी दिनुभयो ।

बिहीबार र शुक्रबार देशभरिकै मौसम बदली भइ धेरै ठाउँमा वर्षा र हिमपात भए पनि शनिबार दिउँसोपछि भने मौसम खुल्दै जाने मौसमविद् नगरकोटीको अनुमान छ ।

मौसम बदली भएसँगै राम्रोसँग घाम नलाग्दा चिसो बढ्नेछ । यसैबीच बुधबार पूर्व र पश्चिमी पहाडी क्षेत्रको मौसम एकैछिन खुल्दै बदली भए पनि अन्य ठाउँको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्