दक्षिण भारतीय चलचित्रका सुपरस्टार अल्लु अर्जुनको बक्स अफिसमा धमाका

दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता अल्लु अर्जुनको मुख्य भुमिका रहेको अला बैकुण्ठापुरामुलु चलचित्र अहिले हलहरुमा धमाका मच्चाइरहेकोक छ ।

मल्यालम र तेलुगु भाषामा रिलिज भएको यस चलचित्रले धमाका मच्चाइरहेको हो । यो चलचित्रमा अल्लु अर्जुन का साथै पुजा हेगडे, मुरली शर्मा, तबु मुख्य भुमिकामा रहेका छन् । ६० करोड भारतीय रुपयाँको लगानीमा बनेको यस फिल्मको समायवधी १ सय ६५ मिनेट रहेको छ ।

१२ जनवरी २०२० बाट रिलिज भएको यो चलचित्रलाई त्रिविक्रमले निर्देशन गर्नुएभएको हो । रिलिज भएको पहिलो दिनमा नै तेलुगु भर्सनबाट २९ करोड र मल्यालम भाषाबाट ३ करोड भारतीय रुपया कमाएको छ ।

आजको दिन सम्म आइपुग्दा चलचित्रले भारत बाट ८१ करोड ग्रस कलेक्सन गरेको छ भने अन्य देशबाट ५५ करोड कलेक्सन भएको छ । रिलिज हुनुभन्दा अगाडी नै यस फिल्मले १ सय ३३ करोड कमाइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्