परवेज मुसर्रफलाई सुनाएको मृत्यु दण्डको फैसला असंवैधानिक भएको लाहोर उच्च अदालतले फैसला

पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई विशेष अदालतले सुनाएको मृत्यु दण्डको फैसला असंवैधानिक भएको लाहोर उच्च अदालतले फैसला गरेको छ ।

सो फैसला अदालतले सोमबार सुनाएको हो ।

लाहोर उच्च अदालतको बेन्चले मुसर्रफले मृत्युदण्डको फैसला कानुनसम्मत नभएको निवेदनमा सुनुवाइ गर्दै यो फैसला गरेको हो ।

अदालतको संक्षिप्त फैसला केहीबेरमा आउने जनाइएको छ ।

तीन सदस्यीय न्यायाधीशको इजलासमा उक्त फैसला गरिएको पाकिस्तानी सञ्चार माध्यम द डनले जनाएको छ ।

मुसर्रफलाई इस्लामावादस्थित उच्च अदालतले १७ डिसेम्बर २०१९ मा मृत्युदण्डको सजाय सुनाएको थियो ।

आफ्नो कानुनी प्रकृया पूरा नगरेको भन्दै उच्च अदालतले विशेष अदालतलाई पनि खारेज गरिदिएको द डनले जनाएको छ ।

अहिले मुसर्रफ उपचारका लागि दुबईमा रहेका छन् । यसअघि विशेष अदालतले मुसर्रफको मृत्यु भए पनि उनको लासलाई तानेर इस्लामावादमा तीन दिनसम्म झुण्ड्याउन आदेश दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्