सार्वजनिक बसमा हस्त मैथुन गर्ने युवक पक्राउ, महिलाकाे कपालमा फालेका थिए विर्य

सांकेतिक तस्बिर

काठमाडौं । एक वर्षअघि सामाजिक सञ्जालमा भाइरल भएको ‘बस काण्ड’ प्रकरणलाई लिएर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार साँझ चितवनबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको हो ।

यद्यपि, पक्राउ पर्नेको नाम खुलाइएको छैन । उनलाई राति नै काठमाडौंतर्फ ल्याइएको छ ।

पक्राउ परेका व्यक्तिले भिडियो अपलोड गरेको स्वीकारेका छन् । तर स्रोतका अनुसार, ‘आफूले महिलामाथि अभद्र व्यवहार नगरेको दाबी गरेका छन् ।’

भाइरल भएको एक भिडियोमा सार्वजनिक बसभित्र युवकले हस्तमैथुन गरेको दृष्य थियो । उनको बिर्य अघिल्लो सिटमा बसेकी महिलाको कपालमा परेको पनि देखिन्थ्यो । युवक र महिला दुवैको अनुहार भने देखिएको थिएन । त्यसैले अनुसन्धान जटिल भएको थियो ।

यस प्रकरणलाई लिएर बसमा महिलाहरु असुरक्षित भएको भन्दै गत वर्ष करिब दुई दर्जन युवतीहरु महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा पुगेका थिए । उनीहरुले प्रहरीलाई अनुसन्धान गरेर सत्य, तथ्य सार्वजनिक गरिदिन आग्रह गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्