कक्षा ९ देखी १२ सम्म योग विषयको पढाइ हुने

कक्षा ९ देखी १२ सम्म ऐच्छिक बिषयको रुपमा रहने गरी योग विषयको पाठ्यक्रम तयार गरिएको छ ।

नेपाललाई योग भूमिका रुपमा परिचित गराउने लक्ष्यसहित योग बिषयको पाठ्यक्रम तयार पारिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा.लेखनाथ पौडेलले जानकारी दिनुभयो ।

यस्तै विभिन्न विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहसम्म योग विषय अध्ययन(अध्यापनका लागि तयारी भइरहेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद्को ‘टी–एसइई को ‘लेभल २ मा तीन वर्षे योगार्थी कक्षा सञ्चालन हुन थालेको छ ।

मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले शिक्षा नीतिमा स्पष्ट रणनीति उल्लेख भएकाले अब योगको अध्ययन अध्यापनलाई विश्वविद्यालय तहसम्म विस्तार गरिने उल्लेख गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्