यस्तो छ आजको मौसम पश्चिमी क्षेत्रमा बदली र हिमपात

सांकेतिक तस्बिर

नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव परेको छ । उक्त प्रणालीको कारण अहिले पश्चिमी क्षेत्रमा बदली भई सुदुर पश्चिमका उच्च पहाडी भूभागका केही स्थानमा वर्षा र हिमपात भइरहेको छ ।

सोमबार रातिदेखि भू–मध्य सागरको वायु दक्षिण एसियाली मुलुकतर्फ बहने जलवाष्पयुक्त हावाको मात्रा पर्याप्त भएपछि पश्चिमी क्षेत्रहरुमा वर्षा र हिमपात सुरु भएको हो ।

उक्त वायुको प्रभाव मंगलबार पनि रहनेछ । देशका पश्चिमी भूभागमा सामान्य र पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी, पश्चिमी भू–भागका केही स्थानमा हल्का वर्षा र पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्