माघ १ गते सार्वजनिक विदा (विज्ञप्ती सहित)

नेपाल बहुजाति, बहुभाषी र बहुसांस्कृतिक मुलुक हो । विभिन्न जातजातिको बसोबास भएको हाम्रो देश नेपालमा विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । यहि चाँडपर्व मध्येको एक हो माघी ।

सुदूरपश्चिम प्रदेशमा निकै हर्षोल्लासकासाथ मनाइने यो चाँडको आफ्नै मौलिकता छ । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा थारु समुदायले बैग्लै किसिमले मनाउछन् भने पहाडी जिल्लहरुमा काग बोलाएर मनाउने गरिन्छ ।

यसै माघे संक्रान्तिको अवसरमा सुदुरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । सुदुर पश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सुचना जारी गर्दै विदा दिने जानकारी दिएको हो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्