भ्रष्टाचार घटाउन कर्मचारीको तलब बढाउनुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझाव

काठमाडाै,  राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई सुझाव दिएको छ ।
कर्मचारीको तलबमान कम भएको कारण भ्रष्टाचार बढेको भन्दै तलब बढाउन सरकारलाई सुझाव दिएको हो ।

सोमबार आयोगले पत्रकार भेटघाट गर्दै आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल गर्दै राष्ट्रसेवक कर्मचारीको तलबमान कम हुँदा भ्रष्टाचार नियन्त्रणमा कठिनाइ भएको बताएको हो ।

नेपाल सरकारलाई ८१ वटा सुझाव दिँदै आयोगले राष्ट्रसेवक कर्मचारीको तलबमानमा पुनरावलोकन गर्न सुझाव दिएको हो ।

महङ्गी र खर्चभन्दा आम्दानी कम भएको कारण राष्ट्रसेवक कर्मचारीले घुस लिने गरेको भन्दै तलबमानमा वृद्धि गर्न सकिए भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने अख्तियारको दाबी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्