सरकारले मानव अधिकार हनन गर्ने कुनै पनि विधेयक ल्याएको छैन : ज्ञवाली

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले मानव अधिकार हनन हुनेगरी कुनैपनि विधेयक नल्याएको बताउनुभएको छ ।

संसदमा पेस भएको सूचना प्रविधि सम्बन्धी विधेयकलाई संकेत गर्दै मन्त्री ज्ञवालीले मानव अधिकारलाई संकुचित पार्छ भन्ने चिन्ता व्यक्त भइरहेको छ तर मानव अधिकारका सिद्धान्त, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठीत गर्ने मनसाय सरकारको नभएको बताउनुभएको हो ।

सोमबार राष्ट्रिय मानवअधिकार आयोगले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रता छ भन्दैमा अर्काको मानव अधिकारलाई हनन गर्ने अधिकार संविधानले पनि नदिएको उल्लेख गर्नुभयो ।

उहाँले सरकार देश भित्र संविधानले निर्दिष्ट गरेका मानव अधिकारका विषयहरुलाई कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय रुपमा समेत विस्तार गर्ने रचनात्मक भूमिका खेल्न तत्पर रहेको समेत बताउनुभयो । उहाँले कसैलाई देखाउन तथा सन्तुष्ट पार्नका लागि मात्र मानव अधिकारको कुरा गर्न नहुने तर्क समेत गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्