चोभारमा निर्माणधीन सुख्खा बन्दरगाह निर्धारित समयभित्र नबन्ने

FILE PHOTO

काठमाडौं । काठमाडौंको चोभारमा निर्माणधीन सुख्खा बन्दरगाह निर्धा्रित समयभित्र नबन्ने भएको छ ।

योजनाअनुसार अबको ७ महिनाभित्रै काम सकिएर काठमाडौंमै भन्सार जाँचपासको काम सुरु हुनुपथ्र्यो । तर स्थानीयको अवरोधको कारण निर्माणको काम थाल्न ६ महिना ढिला भएको थियो ।

हालसम्म आयोजनामा ३० प्रतिशत मात्रै प्रगति भएको छ । योजनाअनुसार अहिलेसम्म ६० प्रतिशत काम सकिनुपर्थ्यो, इन्टरमोडल यातायात विकास समितिका प्रमुख युवक डंगोलले भन्नुभयो, “अब आयोजनाको म्याद थप ६ महिना धकेल्नुपर्ने अवस्था आएको छ ।”

‘ढिला सुरु भए पनि अहिले फिल्डमा फटाफट काम भएको छ, ‘डंगोलले भन्नुभयो, ‘रोकिएकै समयजति म्याद थप्दा आयोजना पूरा हुन्छ ।’

निर्माण पश्चात यो बन्दरगाहमा ३५० ट्रक र ६ सय वटा कन्टेनर अट्ने छन् । बन्दरगाह निर्माणपछि सामान आयात(निर्यात गर्न लाग्ने लागत र समय घट्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्