टिपरले किचेर हत्या गरिएका दिलीपकुमार महतोको परिवारलाई ५ लाख राहत दिने प्रदेश २ सरकारको घोषणा ।

अवैध उत्खनन् रोक्ने क्रममा टिपरले किचेर हत्या गरिएका दिलीपकुमार महतोको परिवारलाई प्रदेश–२ सरकारले राहत दिने निर्णय गरेको छ ।

शुक्रबार बिहान धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरस्थित रहेको औरही खोलामा स्थानीय २४ वर्षीय दिलीपकुमार महतोको टिपरले किचेर हत्या गरिएको थियो ।

प्रदेश २ सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दिलीपको परिवारलाई तत्काल पाँच लाख राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्