भीम रावललाई बालुवाटारमा ज्यान मार्ने धम्की, सामाजिक संजालमा विभिन्न टिका टिप्पणी

पुर्व गृहमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले आफूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मान्छेबाट ज्यान मार्ने धम्की आएको बताउनुभएको छ ।

सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा जीवनराम भण्डारीसँग कुरा गर्दै रावलले एमसिसी सम्झौताको विरोध गर्दा र राष्ट्र हितको कुरा उठाउँदा बेलायती युवाराज्ञी लेडी डायनाको जस्तो हालत हुने धम्की आएको बताउनुभएको छ ।

उपप्रधान तथा गृहमन्त्री भइसकेका रावलले सार्वजनिक रूपमा त्यो पनि बालुवाटारबाट ज्यान मार्ने धम्की आएको बताएपछि उहाँलाई कसले यस्तो धम्की दियो त भन्ने कुरामा विभिन्न अडकलबाजी गरिएको छ ।

रावलले यो विषयलाई सार्वजनिक गरे सँगै सामजिक संजाल समेत निकै तातिएको छ । सामाजिक संजालका प्रयोगकर्ताहरुले रावललाई ज्यानमार्ने धम्की दिएको कुराको सत्यतथ्य छानविन गर्न सरकारसँग आग्रह समेत गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्