फिलिपिन्सको राजधानी नजिकै ज्वालामुखी बिस्फोट, स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह

फिलिपिन्सको राजधानी नजिकै आइतबार ज्वालामुखी बिस्फोट भएको छ । अर्को पनि खतरनाक बिस्फोट हुने आशंका जनाउँदै विशेषज्ञले उक्त स्थान वरिपरिका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

राजधानी मनिलाको ६० किलोमिटर दक्षिणतर्फ रहेको लुजन द्वीपमा अवस्थित ताल ज्वालामुखी स्थानीय समयानुसार आइतबार अपरान्ह बिस्फोट भएको हो ।

सिएनएन फिलिपिन्सका अनुसार अधिकारीले तीनवटा शहर खाली गर्न निर्देशन दिएका छन् ।

मनिला अन्तर्रा्ष्ट्रिय विमानस्थल प्राधिकरणले आगमन र प्रस्थान दुबै सेवा बन्द गरेको छ ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोल्क्यानोलोजी र सिस्मोलोजीले ज्वालामुखीका लाभा क्रेटरभन्दा १० देखि १४ किलोमिटर माथि निस्किएका छन् ।

एजेन्सीले केही घण्टा वा दिनमभित्र खतरनाक बिस्फोट हुने अनुमान पनि गरेको छ ।

सरकारी समाचार एजेन्सीले हल्का भूकम्प पनि मापन गरिएको जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्