माथिल्लो तामाकोशीको समयावधी लम्बिने संकेत

दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ठाडो सुरुङकै कामले पछि धकेलिने भएको छ ।
आयोजनाको सबैभन्दा कठिन मानिएको ३ सय ७३ मिटरको तल्लो भर्टिकल सुरुङ र ३ सयय १० मिटरको माथिल्लो भर्टिकल सुरुङमा पेनस्टक पाइप राख्ने काममा ढिलाइ भएसँगै तामाकोसी आयोजनाको उत्पादन मिति पछि धकेलिने भएको हो । पटक–पटक विद्युत् उत्पादनको कार्यतालिका संशोधन गर्दै आएको यो आयोजनाले चैत अन्तिममा पहिलो युनिट र चालू वर्ष्भित्र छवटै युनिटबाट उत्पादन थाल्ने भनिए पनि भर्टिकल सुरुङमा पेनस्टक राख्ने काममा ढिलाइ भएकै कारण आयोजना फेरि कार्यतालिका संशोधनको बाध्यात्मक अवस्थामा पुगेको हो ।
करिब पाँच महिनाको प्रयासपछि गत असार १ गते तल्लो र असार १० गते माथिल्लो भर्टिकल साफ्टमा पहिलो पेनस्टक पाइप जडान गर्न सफल भएकोमा पुस चौथो सातासम्ममा तल्लो भर्टिकल साफ्टमा १ सय ९० मिटर र माथिल्लोमा ९० मिटर पाइप जडान सकिएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो । सात महिनाको अन्तरालमा २ सय ८० मिटर पेनस्टक पाइप जडान गर्न सफल आयोजनाको काम यही गतिमा अघि बढ्ने हो भने बाँकी ४ सय ३ मिटर मिटरको भर्टिकल सुरुङको काम सक्न अझै एक वर्ष लाग्छ तर जडानका क्रम बढ्दै जाँदा कामको गति पनि बढ्ने प्रवक्ता डा. न्यौपानले दाबी गर्नुभयो । हालसम्म अस्ट्रियन कम्पनी एन्ड्रिजले तल्लो भर्टिकल साफ्टमा ५० दशमलव ९ प्रतिशत पेनस्टक जडान सम्पन्न गरेको छ भने भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले माथिल्लो भर्टिकल साफ्टमा २९ दशमव ३ प्रतिशत मात्र पेनस्टक जडान सम्पन्न गरेको छ । दुवै कम्पनीले गरी कुल जडान गर्नुपर्ने ६८३ मिटर पेनस्टक पाइपमा हालसम्म ४० दशमलव ९ प्रतिशतमात्र पेनस्टक जडान सम्पन्न गरेका छन् । पाँच मिटर लम्बाइ र २७ टन तौलसम्मका पेनस्टक पाइप ३५ टन क्षमता भएको ग्रेन्टी क्रेनबाट भर्टिकल साफ्टमा राखेर जडान गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्