दिलीप महतोको हत्यारालाई कारबाही गरेर मात्रै नपुग्ने : सांसद डा. विमला राई भिडियाे सहित

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले नदीको अवैध उत्खनन रोक्ने क्रममा हत्या गरिएका दिलीप महतोको हत्यारालाई कारबाही गरेर मात्रै नपुग्ने बताएका छन् ।

‘यो श्रदाञ्जली दिएर र दोषीलाई सजाय दिएर मात्रै पुग्ने घट्ना होइन,’ सभाको आइतबार बसेको बैठकमा बोल्दै सांसद विमला राई पौडेलले भन्नुभयो ‘यो घट्ना हुँदैनथ्यो, अब कहिल्यै यस्तो घट्ना हुनुहुँदैन भन्ने सुनिश्चित गर्न सक्नुपदर्छ ।’

अर्का सांसद वृषेशचन्द्र लालले चोरी उत्खननको विरोधमा पहरेदारी गर्ने युवाको लाश बिना मुचुल्का त्यहाँबाट हटाउनु शंकास्पद रहेको बताए । ‘चौकी नजिकै अवैध उत्खनन् हुँदा प्रहरीले नदेखे जस्तो गर्‍यो’ बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘घट्नाको प्रकृति अध्ययनै नगरी लास उठाउनुले प्रहरीले नै हत्या गरे पनि हामी जोगाउँछौं भन्ने मनसाय राखेको देखियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्