देशको सबै भू–भाग रक्षा र नेपालीको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्छ : पूर्व राजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले देशको सबै भू–भाग रक्षा र नेपालीको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्ने बताउनुभएको छ ।

पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै शाहले मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अभिभाज्य र अखण्ड रहनुपर्ने जनाउनुभएको छ ।

जनमानसमा के छ के भइरहेको छ भन्ने सबैलाई स्पष्ट रहेको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

‘राष्ट्र नायकहरूको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने?,’ उहाँले भन्नुभएको छ । शाहले ‘राष्ट्रिय अखण्डता र स्वाभिमानलाई कुण्ठित पार्ने एवम् मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट हुन नहुने’ बताउनु भएको छ ।

उहाँले भन्नुभएको छ ‘सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन’ ।

पुस २७ गते राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ती हो ।

मुलुकमा गणतन्त्र आएपछि सो दिन दिँदै आएको बिदा सरकारले कटौती गरेको छ ।

शाहले पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू आधुनिक नेपाल निर्माणको प्रक्रियामा आज पनि उतिकै सान्दर्भिक रहेको विज्ञप्तिमा जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्