एम्बुलेन्स खरिद प्रक्रियामा सुदूरपश्चिम सरकारको बेइमानी, मिनी ट्रकलाई एम्बुलेन्स बनाइयो

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पुरानो भएर थन्किएका १६ वटा मिनी ट्रकलाई एम्बुलेन्सको स्वरुप दिएर वितरण गरेको खुलासा भएको छ । यी एम्बुलेन्स खरिदमा करोडौं घोटाला भएको आशंकासमेत गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले १६ वटा एम्बुलेन्स खरिद गरी गत कात्तिक २०मा नौ जिल्लाका अस्पताल र स्वास्थ्य चौकीमा वितरण गरेको थियो । तर, अधिकांश एम्बुलेन्स बिग्रिएर थन्किएका छन् ।

ती ट्रकको भन्सार शुल्कसमेत गरी हालको मूल्य करिब १९ लाख रुपैयाँ छ । तर, प्रतिएम्बुलेन्स ३९ लाख ७ हजार रुपैयाँका दरले ६ करोड ३५ लाख २० हजार रुपैयाँ भुक्तानी गरिएको सामाजिक विकासले जनाएको छ । जबकी एम्बुलेन्समा सरकारले शतप्रतिशत भन्सार छुट दिन्छ । भन्सार छुट हुने एम्बुलेन्सका लागि बजार मूल्यभन्दा दोब्बर बढी भुक्तानी गरिएकाले अनियमितताको शंकामा थप बल पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्