इराकी संसदको प्रस्ताव विदेशी सैनिकलाई देश छोडेर जाऔं

काठमाडौं ।  इरान र अमेरिका बिच प्रत्यक्ष युद्धको सम्भावनाका बीच इराकी संसदले आफ्ना देशमा रहेका सबै विदेशी सैनिकलाई देश छाडेर जाने प्रस्ताव पारित गरेको छ ।

गत शुक्रबार अमेरिकी हवाई हमलामा इरानी सैन्य कमान्डर सुलेमानीको मृत्यु पछि इरान अमेरिकी सम्बन्ध इतिहासकै खराब मोडबाट ग्रुजिरहेको छ । यहि बिचमा इराकको संसदले उक्त प्रस्ताव पारित गरेको हो ।

इराकमा हाल पाँच हजार भन्दा धेरै अमेरिकी सैनिक रहेको बताईन्छ । त्यस्तै इराकी संसदले विदेशी सेनालाई इराकको भुमि, हवाई र जलक्षेत्र प्रयोगमा रोक लगाउन पनि सरकारलाई भनेको छ ।

त्यो सँगै अमेरिका र उसका गठबन्धन सेनाबाट पनि सबै किसिमका सहयोग बन्द गर्न पनि माग गरेको छ । अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार इराकी संसदको विशेष सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री अब्दुल महदिले पनि जतिसक्दो चाँडै इरकबाट विदेशी सैनिक फिर्ता पठाउनुपर्ने उल्लेख गरेका छन । आफ्ना देशका आन्तरिक र बाह्य समस्याहरु सुल्झाउन इराकीहरु आफैं सक्षम भएको उनको टिप्पणी छ ।

त्यस्तै प्रधानमन्त्री महदिले इरानी सैन्य जनरल सुलेमानीको हत्या राजनैतिक हत्या भएको उल्लेख गरेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।

इराक बाट विदेशी सेना हटाउने कानुन संसदबाट पारित भएसँगै यो प्रस्तावमा प्रधानमन्त्रीले हस्ताक्षर गरेर अनुमोदन गरेपछि कानुन बन्नेछ । यो कानुन लागू भए इराकमा कुनै अन्य देशको सेना रहनु स्वत गैरकानुनी हुनेछ ।

इराक र अमेरिकाबिच भएको सम्झौताको आधारमा अमेरिकी सैनिक इराकमा रहँदै आएका छन । यो सम्झौता खारेज भएमा अमेरिकी सेनाले अनिवार्य इराक छाड्नुपर्ने छ । अमेरिका समर्थित प्रधानमन्त्री महदिले यो कानुन अनुमोदन गर्छ्न वा गर्दैनन् त्यो अहिले नै यसै भन्न सक्ने अवस्था भने नदेखिएको पनि जानकारहरुको भनाई छ ।

महिनौं चलेको सरकार विरोधी प्रदर्शन पछि महदिले राजीनामा दिएका थिए । उनी अहिले कार्यवाहक प्रधानमन्त्री छन । इराकको सरकार र संसदमा इरान र अमेरिकाको बराबरी प्रभाव रहेको विश्वास गरिन्छ ।

यदि यो प्रस्ताव इराकी प्रधानमन्त्रीले अनुमोदन गरे मध्य पुर्वको संकट केही हदसम्म कम हुने ठानिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्