अमेरिकामाथि आक्रमण गरिए इरानका ५२ ठाउँमा हमला गर्नेछौं : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले अमेरिकी मानिस र उसका सम्पतिहरूमाथि आक्रमण गरे अमेरिकाले उसका ५२ वटा स्थान शीघ्र र कठोर हमला गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार ड्रोन आक्रमणमा इरानी क्विड सेनाका प्रमुख कासिम सुलेमानीमाथि मारिएपछि इरानले त्यसको बदला लिने बताउँदै आएको सन्दर्भमा ट्रम्पको यस्तो भनाइ आएको हो ।

ट्वीटमा ट्रम्पले इरानले खुल्लमखुल्ला अमेरिकाको सम्पतीमाथि आक्रमण गर्ने जनाएको उल्लेख गर्दै सो चेतावनी दिएका हुन् ।

ट्विटमा उहाँले यदि इरानले अमेरिकी नागरिक र स्थानहरूमा आक्रमण गरेमा आफूहरूले आक्रमणका लागि इरानका उच्चस्तर र सांस्कृतिक महत्वका ५२ वटा स्थानहरूको पहिचान गरेको लेखेका छन् ।

’संयूक्त अधिराज्य अमेरिका अरु थप खतरा चाँहदैन’, ट्रम्पले लेख्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले ५२ स्थानले सन् १९७९ मा इरानमा बन्धक बनाइएका आफ्ना ५२ अमेरिकी नागरिकलाई बुझाउने बताएका छन् ।

ट्रम्पको यो चेतावनी कासिम सुलेमानीको बग्दादमा अन्तेष्टी भएको केही घण्टापछि आएको हो ।

सो अन्तेष्टीपछि इराकमा रहेको अमेरिकी दुतावास वरपर कयौं रकेट आक्रमणहरू भएको थियो जसमध्ये एउटा रकेट सुरक्षित मानिएको दुतावासको हरियो क्षेत्र नजिकसमेत आएको थियो ।

इराकी सेनाले सो आक्रमणमा कोही घाइते नभएको जनाएको छ ।

यस्तै घटनामा कुनै समुहले जिम्मेवारी नलिएपनि इरान समर्थक मिलिसयाले आक्रमण गरेको दोष लगाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्