CORONA

इरानमा फेरी अर्को आक्रमण, कम्तिमा ६ जनाको मृत्यु ।

इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको केही घण्टापछि नै बग्दादमा अर्को हवाई आक्रमण भएको छ । आक्रमणमा ६ जना मारिएका छन् भने एक जना गम्भीर घाइते भएका छन् ।

इरान समर्थित शिया मिलिसियालाई लक्षित गर्दै क्याम्प ताजी नजिकै आक्रमण भएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार, ६ वटा शव जलेको अवस्थामा फेला परेको छ । त्यहाँ रहेका ३ सवारीसाधनमध्ये २ जलेको बताइएको छ ।

दोस्रो आक्रमणबारे भने अमेरिकाले अहिललेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्