काठमाडौँ, राष्ट्रियसभाको निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीबीच तालमेल गर्ने सहमति भएको छ । चुनावमा कांग्रेस र समाजवादी पार्टीले प्रदेश २ मा तालमेल गर्ने शुक्रबार एकबुँदे सहमति भएको हो । राष्ट्रियसभा चुनावमा प्रदेश २ मा हुने ४ पदको चुनावका लागि कांग्रेसले महिला, अल्पसंख्यक र समाजवादीले दलित र अन्य पदमा तालमेल गर्ने सहमति भएको समाजवादी पार्टीका सहायक प्रवक्ता रामप्रसाद रिजालले जानकारी दिनुभयो । सहमतिमा कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ । प्रदेश २ नेकपा र राजपाबीच तालमेल गर्ने यसअघि नै सहमति भइसकेको छ ।