ज्ञानु गाैतम,रुकुम पश्चिम
चर्तित गायक तथा संगितकार विश्वसागर परियारले माघे संक्रान्तिको अवसरमा ३ वटा कल्चरल गीत ल्याउने भएका छन् । पछिल्लो समयमा थारु गीत संगितमा राम्रो छवि बनाएका गायक परियारले माघे संक्रान्तिको अवसरमा कल्चरल गीत ल्याउन लागेका हुन् । सि एस फिल्मस प्रा.लि बाट उनले तीन वटा गीत सार्वजनिक गर्न लागेका हुन । आज मात्रै उक्त प्रा.लि बाट उनले (मान जाउँ जान जाउँ कसम दिवाना हुइनु मै ) बोलको गीत सार्वजनिक गरेका छन् । थारु स्टार मोडल विवस चौधरी र चर्चित मोडल सुनित दहितको अभिनय रहेको उक्त गीत आज सार्बजनिक भएकाे हाे । गायक परियार र चर्चित गायिका सुमन चौधरीको स्वरमा रहेको उक्त गितले दर्शकको निकै माया पाउने विश्वास गरिएको छ । संगै उनले माघीको अवसरमा उज्जर गोनिया बोलको कल्चरल गितको सुटिङ चलि रहेको जानकारी दिएका छन् । यसमा चर्चित गायक जनक चौधरी र नव गायिका संजिता चौधरीले स्वर दिएका छन् । राप्ती सोनारी गाउँपालिका ४ गौरी गाउँ निवासी नव गायिका चौधरीको पहिलो प्रस्तुती हो । केहि दिन अघि सि. एस फिल्मस प्रा.लि बाट सार्वजनिक भएको अडियो गितमा गायिका चौधरीको स्वरको निकै प्रंशसा गरिएको छ । युटुव च्यानलमा दर्शक श्रोताहरुले कमेन्ट गर्दै नव गायिकाको स्वरको चर्चा गरेका छन् । यस्तै गरि सुशिल दहितको शब्द संगितमा रहेको कल्चरल गित साली भाटु २ पनि सार्वजनिक हुँदैछ । गायक परियार र सुमन चौधरीको स्वरमा सार्वजनिक हुन लागेको गीतले माघीमा निकै तहल्का मच्चाउने दावी गरिएको छ ।