CORONA

डायलासिस गरेर फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गरिएको छ ।

ओली शुक्रबार दिउँसो अस्पताल पुगेका थिए र साँझ फर्किएका छन् । प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाकाअनुसार उनको त्यहाँ डायलासिस गरिएको हो ।

प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गर्दै आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्