काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार पुनः डायलासिस गरिएको छ । शुक्रबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको नियमित गरिँदै आएको मिर्गौलाको डायलासिस गरिएको हो । यो १२औँ पटकको डायलासिस हो । करिब १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका उहाँको मिर्गौलामा छिटोछिटो समस्या देखिएपछि नियमित डायलासिस गराउँदै आउनुभएको छ । यसअघि उहाँको महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिक्समा जमेको पिप फुटेर पेटमा संक्रमण शल्यक्रिया गरिएको थियो ।
प्रधानमन्त्री ओलीको त्रि.वि. शिक्षण अस्पतालमा पुनः डायलासिस
