पृथ्वीनारायण शाह हिँडेको बाटोमा नेपाली सेनाको पदयात्रा

 गोरखा,  नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटोमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । गोरखादेखि काठमाडौंसम्मको पैदल बाटोमा नेपाली सेनाले शुक्रबारबाट पदयात्रा शुरु गरेको हो ।

गोरखा दरबारको हुनमान भञ्ज्याङबाट सुरु भएको पदयात्रा आगामी २७ गते काठमाडौंमा आएर टुंगिने छ ।

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गर्ने योजनाअनुसार पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झण्डा लिएर बाजागाजासहित ४० जनाको टोली राष्ट्रिय झण्डा, टर्चसहित पदयात्रामा निस्किएको रणसिंह दल गणका गणपति उज्ज्वल केसीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्