CORONA

ठमेल क्षेत्रका गुण्डा राते पक्राउ

काठमाडौं, प्रहरीले ठमेल क्षेत्रका गुण्डा राते भनिने सुजन श्रेष्ठलाई पक्राउ गरेको छ ।

एलओडी क्लब अगाडि रेम्बो भन्ने अजय गुरुङ र श्रेष्ठले विष्णु कठायतलाई रडले प्रहार गरेर घाइते बनाएको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाका अनुसार गएराति साढे ९ बजे उनलाई नयाँ बजारबाट पक्राउ गरिएको हो । थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाइएको उहाँले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्