सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामा निर्वाचनका उम्मेद्वार बन्नुभएको छ । श्रेष्ठ गण्डकी प्रदेशका तर्फबाट उम्मेद्वार बन्नुभएको हो ।
नेकपाको सचिवालय बैठकले श्रेष्ठलाई राष्ट्रिय सभामा ल्याउने निर्णय गरेको हो । श्रेष्ठ यसअघि प्रतिनिधि सभा निर्वाचनमा गोरखा २ बाट उम्मेद्वार बनेपनि बाबुराम भट्टराईसँग पराजित भएका थिए ।
त्यस्तै नेकपाका स्थायी समिति सदस्य बेदुराम भुषाल पनि राष्ट्रिय सभामा आउने भएका छन् ।