CORONA

इरानमा अमेरिकी सेनाको हवाई आक्रमण, कुद्स फोर्सका प्रमुख जनरल मारिए

अमेरिकी सेनाको हवाई आक्रमणमा परेर इरानी कुद्स फोर्सका प्रमुख जनरल मारिएका छन् । बगदाद अन्तर्रा्ष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै भएको आक्रमणबाट फोर्सका प्रमुख कासिम सोलेमानी मारिएको अमेरिकी रक्षा विभागले जनाएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा सोलमानी मारिएको अमेरिकी रक्षा विभागले उल्लेख गरेको छ ।

विभागका अनुसार सोलेमानीलाई उनीहरूले आतंकवादी घोषणा गरेका थिए । विदेशस्थित अमेरिकी सेना माथिको विभिन्न हमलामा सोलेमानीको हात रहेको विभागको दाबी छ ।

हवाई आक्रमणमा परेर हिजबुल्लाका कमाण्डर अबु महदी अल मुहादिस समेत मारिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्