मुखभित्र घाउ आयो यस्तो छ सामाधानको उपाय !

मुखभित्र, जिब्रो, गिजा, ओठलगायतका मुखको कुनादेखि लिएर कहिले काहीँ गालाको छेउसम्म देखिने साना बिबिरा, मसिना सेता खालका फोकाफोकीले सताइरहेको पाइन्छ । यी घाउले खाना खान अप्ठ्यारो पार्नुका साथ साथै बोल्नै नहुनेगरी दुःख पनि दिन सक्छ । कहिले आफैँ वा दाँतले मुखमा भएको कुनै मासुको भागलाई तोकेर सानु र एक वा एकभन्दा बढी घाउ बन्ने गर्छ ।

यस्ता घाउ निको हुनुभन्दा पनि जटिल भई घाउ ठूलो, गहिरो भएर लगातार दुख्ने, रगत तथा पीप आउने समस्याहरू पनि निम्त्याउन सक्छ । शरीरमा भिटामिन बी, सी, आइरन, प्रोटिनलगायत पोषणको कमीले मुखमा घाउ आउने गर्छ । साथै, नियमित दाँत नमाँझ्ने, खाना खाएर कुल्ला नगर्ने, मुखको सरसफाइको कमी, कब्जियत, ग्यास्ट्रिक, अपचजस्ता पेटसम्बन्धी रोगहरू तथा शरीरमा पानीको कमी भएका कारणले गर्दा यस्ता घाउहरू आउने गर्छ ।

घाउ हटाउने उपाय स्सुर्ती–पानमसला, अत्यधिक रक्सी तथा चुरोटको सेवन गर्ने, ब्याक्टेरिया तथा फङ्गसको संक्रमण, बढी तातो खानेकुराले मुखभित्र र वरपर घाउ आउने सम्भावना धेरै हुन्छ । मुखमा घाउ आउदा प्रशस्त मात्रामा पानी पिउने, हरियो सागपात तथा फलफूलहरू मजाले चपाएर खाने, धेरै तातो, चिल्लो खाने कुरा नखाने, चुरोट, रक्सी तथा सुर्तीजन्य पदार्थबाट टाढा रहनु पर्छ ।

मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने वा फिटकिरी घाउमै लगाउदा पनि केही हदसम्म राहत मिल्ने गर्छ । घाउमा मह लपक्क लगाउनाले, निमको पात वा जीरा चपाउने गर्दा पनि निकै आराम मिल्ने गर्छ । यौनरोग, मुखको क्यान्सर वा कुनै संक्रमणको कारणले पनि मुखमा घाउ आउन सक्ने हुँदा घरेलु उपचार अपनाउदा पनि एक महिना सम्ममा घाउहरू निको नभएको खण्डमा डाक्टरकोमा जानु आवश्यक हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्