CORONA

नेपाल पुलिसको संकटामाथि जित

काठमाडौं, पुस १६ गते । सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले संकटा क्लबलाई २–१ ले हराएको छ । लिगमा पुलिसको लगातार यो दोस्रो जित हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा नेपाल पुलिसका लागि सुमन लामाले दुई गोल गर्नुभयो । संकटाका लागि अमित तामाङले बराबरी गोल गर्नुभएको थियो । १५ औं मिनेटमा सुमन लामाले संकटाको गोलरक्षक र डिफेन्सबीचको तालमेल नमिलेको फाइदा उठाउँदै गर्नुभएको टयापिङ्ग प्रहार गोलमा परिणत भयो ।
१८ औं मिनेटमा पुलिसका अजित भण्डारीले पेनाल्टी बक्समा हयाण्ड गरेपछि संकटाले पेनाल्टी पायो । अमित तामाङले उक्त अवसरको सदुपयोग गर्नुहुँदै गर्नुभएको प्रहार गोलमा परिणत भएपछि संकटाले खेललाई १–१ को बराबरीमा ल्यायो । ३३ औं मिनेटमा प्रवेश कुँवरको क्रसमा सुमन लामाले गर्नुभएको प्रहार गोलरक्षक विनय श्रेष्ठलाई छिचोल्दै गोलमा परिणत भयो । र पुलिसले पहिलो हाफमै अग्रतालाई दोब्बर बनायो । दोस्रो हाफमा दुबै टोलीले गोलका लागि गरेको प्रयास विफल हुँदा खेल २–१ मा सकियो ।
सुरुवाती दुई खेलमा मात्र एक अङ्क पाएको पुलिसले पछिल्लो दुई खेल जितेर सात अङ्कसहित तालिकाको पाँचौं स्थानमा उक्लेको छ । संकटा भने चार खेलमा मात्र चार अङ्क जोडेको छ ।

 

 

 

श्राेत : गाेरखापत्र अनलाईन 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्