‘अब सरकारले गोपनीयताका सबै कुरा सुन्नेछ’ श्रीमान श्रीमती होस् या प्रेमी प्रेमिका ।

१४ पुस, काठमाडौं । सरकारले नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभामा पेश गरेको छ । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विधेयक प्रस्तुत गर्दै सामाजिक जीवनलाई अनुशासित, व्यवस्थित र सभ्य बनाउन आवश्यक भएको दाबी गर्नुभयो।

यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्तले विरोधको सूचना पेश गरेको थियो, जसलाई वहुमतले अस्वीकृत गरेको छ ।

विरोधको सूचना प्रस्तुत गर्दै पन्तले नागरिकको स्वतन्त्रता हनन गर्ने, गोपनियताको हक भंग गर्ने भन्दै यो विधेयकलाई ‘ज्यानमारा’ को संज्ञा दिनुभयो ।

फरक विचार र फरक दललाई ठाउँको ठाउँ समाप्त पार्ने नियतले विधेयक ल्याइएको भन्दै कांग्रेस सांसद पन्तले यो विधेयक फरक विचार राख्ने सत्तारुढ दलका नेताहरुका लागि पनि खतरापूर्ण भएको धारणा राख्नुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्