ट्राउट व्यवसाय धरापमा, बेलैमा सोच्नु जरुरी

ट्राउट माछाका लागि प्रख्यात नुवाकोटको ककनीमा पछिल्लो समय ट्राउट व्यवसाय धरापमा परेको छ । शुद्ध बग्ने पानीमा हुने ट्राउट माछा सडकको स्तरोन्नती हुन नसक्नु र कच्ची सडकका कारण व्यवसाय धरापमा परेको व्यवसायीहरुले बताएका छन । ट्राउट मार्गको रुपमा चिनिने ककनी क्षेत्र भित्रको पासाङ ल्हामो राजमार्ग स्तरोन्नती नहुदा व्यवसाय धरापमा परेको हो । २० भन्दा बढी स्थानमा ट्राउट पोखरी रहेको थियो भने पछिल्लो समय घटेर जम्मा ७ वटा पोखरीहरुमा ट्राउट माछा व्यवसाय सिमित रहेको छ । सडक स्तरोन्नतीले ट्राउट व्यवसाय धरापमा पर्नुका साथै पर्यटकहरुको आवागमन समेत कम हुदाँ पर्यटन व्यवसाय तथा व्यापारमा समेत कमी आएको छ । राजधानी काठमाडौंबाट जम्मा २१ किलोमिटरको दुरीमा रहेको ककनी सडक स्तरोन्नती हुन नसक्दा ककनी पुग्न २ घण्टा लाग्ने गरेको छ ।

Victoria college

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्