नेपाली कांग्रेसले १४ औंँ महाधिवेशनको मिति तय भएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले १४ औंँ महाधिवेशन आगामी बर्षको फागुनमा गर्ने निर्णय गरेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाले शुक्रबारको बैठक बहिष्कार गरेको थियो तर सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनको मिति घोषणा गर्नुभएको हो । तय गरिएको मिति अनुसार महाधिवेशन २०७७ साल फागुन ७ गतेदेखि १० गतेसम्म काठमाण्डौमा हुनेछ । यस्तै तरुण दलको कार्यकाल चुनावका लागि ६ महिना थप्ने निर्णय गरेको छ ।