CORONA

तमु ल्होसार पर्वका अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले तमु ल्होसार पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बैठकले पुस १५ गते मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गुरुङ समुदायले मनाउँदै आएको ल्होसार पर्वको अवसरमा अन्य प्रदेशमा भने बिदाको टुंगो लागेको छैन । गुरुङ समुदायले होसार पर्वको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएका छन भने सरकारका विशिष्ट व्यक्तित्वको आतिथ्यतामा समेत कार्यक्रम गर्दै आइरहेका छन । तमु ल्होसारका अवसरमा गएको वर्ष पनि प्रदेश सरकारले सार्वजनिक विदा दिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्