भारतीय प्रशिद्ध गायिका आशा भोसले र राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेट

भारतीय प्रशिद्ध गायिका आशा भोसलेले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नु भएकोछ । संगीतकार रञ्जित गजमेरका साथमा गायिका भोसलेले राष्ट्रनिवासमा शुक्रबार भेटगर्नुभएको हो । साधना कला केन्द्रको आयोजनामा शनिबार हुन लागेको साङ्गीतिक कार्यक्रममा सहभागी हुन उहाँ बुधबार काठमाडौंमा आइपुग्नुभएको थियो ।
साधना कला केन्द्रले संगीतकार रञ्जित गजमेर र आशा भोसलेको सम्मानमा कार्यक्रमको आयोजना गर्न लागेको छ । भारतीय बलिउडमा सफल गायिका भोसलेले धेरै नेपाली चलचित्रमा आवाज दिनुभएको छ भने संगीतकार रञ्जित गजमेरले संगीत दिनुभएको छ ।

श्राेत : गाेरखापत्र अनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्