काठमाण्डौको तापक्रम ओरालो, आज यो वर्षकै सबैभन्दा कम तापक्रम

FILE PIC

काठमाण्डौको तापक्रम ओरालो लागेको छ । शनिबार बिहानको तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको थियो । शनिबार मापन गरिएको तामक्रम यो वर्षकै सबैभन्दा कम तापक्रम हो । गएको बिहीबार काठमाण्डौको तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस थियो । शुक्रबार भने थोरै बढेर न्यूनतम तापक्रम १ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो । शनिवार यो समाचार तयार पर्दासम्म काठमाडौंको तापक्रम ३ डिग्री सेल्सियस थियो । सामान्यतया पुस महिना मध्य चिसोको समय रहेकाले यो महिना तापक्रम घटेर देशभरी नै चिसो हुने मौसमविद्ले बताएका छन् ।
अहिले तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने अरु ठाउँको मौसम सामान्यतया सफा नै रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । तराईका जिल्लामा दिउँसोपछि मात्रै हुस्सु कुहिरो हट्ने गर्दा जनजीवन प्रभावित भएको छ भने यातायातका साधन आवतजावतमा समस्या भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्