नुवाकोटको ककनीमा स्ट्रबेरीको व्यवसाय फस्टाउदै, स्ट्रबेरीबाटै दैनिकि गुजार्दै किसान

नुवाकोटको ककनीमा स्ट्रबेरीको व्यवसाय फस्टाउदै गएको छ । गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा गाउँपालिका भित्रका किसानहरुले स्ट्रबेरी खेती गर्दै आएका छन । ककनीमा मात्र पाइने भएकाले ककनीको शानको रुपमा स्ट्रबेरी खेतीलाई लिदै आएको छ । यो महिनालाई स्ट्रबेरीको लागि उपयुक्त समय मान्न सकिन्छ । परम्परागत खेती प्रणालिलाई विस्थापित गरेर भएपनि स्ट्रबेरी खेतीलाई मुख्य खेतीको रुपमा किसानहरुले लिदै आएका छन । ककनी गाउँपालिकाको वडा नं. २ लाई स्ट्रबेरी खेतीको लागि उपयुक्त ठाउँ मान्न सकिन्छ । उपहार खबर सँग कुराकानी गर्दै वडा नं. २ का वडा अध्यक्ष केदार पौडेलले किसानहरुलाई आकर्षित गर्न स्ट्रबेरी खेतीमा गाउँपालिकाले पनि लगानी गर्ने र पकेट क्षेत्रको रुपमा घोषणा गरि स्ट्रबेरीमा आत्मनिर्भर बनाउने योजना रहेको बताउनुभयो । सडक पूर्वाधारमा स्तरोन्नती हुन नसक्दा पर्यटकहरुको आवागमनमा कमी भएका कारण व्यवसाय धरापमा पर्ने गएकोले यस तर्फ केन्द्र सरकार र प्रदेश सरकारले बेलैमा ध्यान दिन सके ककनी स्ट्रबेरीमा मात्र नभई अन्य क्षेत्रमा पनि फस्टाउन सकिने प्रसस्तै सम्भावना रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्