संसद बैठक स्थगित, अर्को बैठक आउँदो १६ गते बस्ने

 

काठमाण्डौ प्रतिनिधि सभाको शुक्रबारका लागि तय भएको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।

शुक्रबार १ बजे बैठक बस्ने र बैठकमा सभामुख चयन प्रकृया अघि बढाइने यस अघि नै कार्यसूचीसमेत तय भइसकेको अवस्थामा अन्तिममा आएर बैठक सूचना टाँस गरेर स्थगित भएको हो ।

अर्को बैठक आउँदो १६ गते बुधबार दिउँसो १ बजे बस्ने गरी स्थागित भएको सुचनामा उल्लेख छ ।

सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार तय गर्न नसक्दा अन्तिम समयमा सूचना टाँस गरेर बैठक स्थगित भएको हो । बैठक स्थगित हुँदा सभामुख चयन प्रकृया पछि धकेलिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्