अझै केही दिन चिसो नघट्ने

 

काठमाण्डौ – तराईमा अझै केही दिन चिसो नघट्ने मौसमविद्हरुले बताएका छन् ।

केही दिनदेखि लागिरहेको हुस्सु शुक्रबार दिनैभरि हट्ने सम्भावना नरहेकाले चिसो नहट्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो ।

गएको बुधबार र बिहीबार बिहान लागेको हुस्सु दिउँसो केहीबेर हटे पनि आज भने दिनभर नै हुस्सु लाग्ने मौसमविद् पोख्रेलले बताउनुभयो । पानी पार्ने वायुको प्रणाली नदेखिएसम्म तराई क्षेत्रमा कुहिरो हट्ने सम्भावना नभएको पनि उहाँले जानकारी दिनुभयो ।

काठमाण्डौसहित देशका पहाडी भेगमा बिहान लागेको कुहिरो दिउँसो बिस्तारै हट्ने भए पनि पूर्णरुपमा घाम लाग्ने सम्भावना भने छैन । शुक्रबार बिहान पौने ६ बजेको काठमाण्डौको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

बिहीबार काठमाण्डौको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियससम्म झरेको थियो ।

यस्तै जुम्लाको माइनस ७ डिग्री, दोलखाको जिरीको माइनस ३ दशमलव ५, डडेलधुराको १ दशमलव ७ र दिपायलको ३ दशमलव ५ डिग्री सेल्सियसम्म मापन गरिएको छ ।

तर तराईका कतिपय क्षेत्रको अधिकतम र न्यूनतम तापक्रम भने थोरै मात्र घटबढ भएकाले जाडो धेरै महसुस भएको मौसमविद् पोख्रेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्