२ तले भवनमा ठोक्किएर जहाज दुर्घटना

काठमाण्डौ – कजाकस्तानमा बेक एअरलाइनको हवाई जहाज दुर्घटनाग्रस्त भएको छ ।

अल्माटी विमानस्थलमा टेक अफ् गर्ने क्रममा हवाई जहाज दुई तले भवनमा ठोक्किएर दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा नौ जनाको ज्यान गएको पुष्टि भएको छ ।

हवाई जहाजमा १०० जना मानिसको सङ्ख्या रहेको  स्रोतले जनाएको छ । जसमा ९५ जना यात्रु र पाँच जना हवाई जहाजका सदस्य थिए ।

अहिले घटनास्थलमा आपतकालीन सेवा सञ्चालन गरिएको छ । दुर्घटनाग्रस्त विमान कजाकस्तानको ठूलो शहर अल्माटीबाट राजधानी नुरसुल्तान जाने क्रममा थियो ।

हवाई जहाजमा आगो लागेको कुनै समाचार प्राप्त भएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्